Corona Virus #Covid 19अर्थ खबरविचारसमाज

कोरना ,ग्रामीण कृषी अर्थतन्त्र र सहकारी

Spread the love

१० असार ।
हाल कोरना जस्तो भयानक रोगले विश्व त्रसीत भएको छ । सवै राष्ट्र जस्तै नेपालले पनी विभीन्न समस्या भोगीरहेको छ । कोरना का कारण देशै लकडाउन र विभिन्न स्थानीय निकाय सिल र्गन लागेको पनी तिन महीना भैसक्यो । जसवाट कोरना रोगी भन्दा पनी चौगुना वढी मानसीक रोगी वढेको देखीन्छ । साथै यसको असरले आर्थीक संकट भोकमरी र अन्य समस्यावाट देश र गरीवीको रेखा मुनी रहेको सिमान्तकृत र्बग ग्रसीत छ ।
माहमारीको कारण विश्व वैकले सन २०२० मा नेपालको आर्थीक वृद्धी दरमा व्यापक गिरावट हुने अनुमान गरी सकेको छ । विश्व व्यापी आर्थीक मन्दी आउदा वैदेशीक राजगारी गुम्ने ,रेमीट्यान्स घट्ने , पर्यटन व्यसाय ठप्प हुने राजस्व संकलन न्यून हुने कारणले आर्थीक गिरावट भै विभिन्न समस्याको सामना गर्नु पर्ने भएको छ । यिनै कारणले बैक तथा वित्तीय क्षेत्र लगायत सहकारी क्षेत्र प्रत्यक्ष रुपमा प्रभावीत भएका छन् ।
ऋण गरेर सानो तिनो व्यापार व्यवसाय गरेका सदस्यहरुको व्यवसाय धरासाय भै स्थानान्तरण हुने व्यवसाय नै वन्द गर्नै पर्ने अवस्था सृजना भएका कारण लधु वित्त संस्था हरुलाईृ कोरनाले ठाडो चुनौती दिएको छ । वैदेशीक राजगारीमा गएका मानीसहरु र्फकने सख्या वढेकाले वेरोजगारी समस्या अझ वल्झने देखीन्छ । कोरना रोगको समस्या भन्दा पनी यसले फैलाएको अफवाले मानीसमा दुविधा भै नियमीत उत्पादन गरीरहेको कृषी कर्ममा पनी ह्रास आएको छ । तरलताको अस्थीरताले वचतमा कमी भै वचत फित्ता माग वृद्धी हुने ऋणको सावा व्याज र किस्ता असलीमा कठीनाई भैरहेको छ ।
त्यस कारण आगामी दिनमा आर्थीक विकासका लागी एकता नै वल हो भन्ने कथन लाई अनुसरण गदै राज्य संयन्त्र सहीत सम्पुण वितीय संस्था र सहकारी हरुले मैत्री भाव राखी संगठीत भै प्रभावकारी र भरपर्दाे उपभोगमुखी उत्पादनमा प्रथामीकता दिनु पर्ने देखिन्छ ।
परापुर्व काल देखी नै एक आपसमा सहयोगको भावले श्रम र सामाग्रीको आदान प्रदान गरी समुदायमा आइ परेका समस्याहरुको समाधान गर्दै सामुदायको हितमा कार्य गर्दै आएका गुठी ,पर्म , ढिकुर , सरसापट , अ‍ैचापैचो ,धर्म भकारी , ढुकुटी आदीको आधुनीक रुपमा विकसीत भएको सहकारी सस्थाले सवै वर्ग र समुदायमा वित्तीय पहुच र्पुयाउन सफल भएकै हो । साना मझोैला र ठुला ठुला उधोग र परियाजनामा समेत सफल सहकारी अभियान अव एक पटक कृषी क्रान्तीका लागी जुट्नु पर्ने बेला आएको छ ।
एकातिर हाम्रो उत्पादन सिल जमिन वाझो भै खेर गएको छ भर्ने अर्को तिर भोकमरी समस्या थपिने सम्भावना प्रवल छ । सम्भावीत जोखीमलाई समयमा नै मध्यनजर गरी सवै सहकारी संस्था हरुले कम्तीमा एक सहकारी एक उत्पादन गर्न अभियानै चलाउनु पर्दछ । अहिले सिजनल खेती गिर्ने वेला पनी हो असारलाई मानो रोपेर मुरी उव्जाउने समय पनी भनीन्छ । मल विउ सिचाईका वहाना नवनाउ हामी सग श्रम सक्ती प्रसस्त छ जहा जे फल्छ जुन विउ पाईन्छ त्यही खेती गरौ । यो वेला मार्सी चामल र वास्मती चामलको कुरा गर्ने समय होईन , कोदो धैया काउनो फापर मास गहत यस्तै यस्तै रैयाने वाली लगाएर भएपनी सम्भावित भोकमरी को सामना गरौ सवै जुटौ एकता धैर्यता र सहकार्य वाट यस विपतको घडीमा मुक्त भै  रोग निको पार्रौ ।

(लेखक ग्रामिण बिकास बैंक पुतली बजार श्यांजा शाखाका प्रमुख हुन् ।)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close