समाचारस्वास्थ्य

थप ८ जनामा कोरोना संक्रमण पुष्टि,

कोरोना संक्रमितको सख्या ४० पुग्यो (update)

Spread the love

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँ परीक्षण गर्दा आठै जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु आठैजना पुरुष रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले एक जनाको यसअघि नै संक्रमित पुष्टि गरेको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएका छन् ।

Related Articles

Back to top button