समाचारसमाज

 विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाइने

Spread the love

पोखरा, १९ असोज । पोखरा महानगरपालिका लेखनाथ क्षेत्रका विभिन्न स्वास्थ्य चौकीमा १८ वर्ष माथिका उमेर समुहलाई खोप लगाइने भएको हो । असोज २० र २१ गते बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कुनै पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको भेरोसेल खोप लगाइने भएको हो ।
राखी स्वास्थ्य चौकी, लेखनाथ स्वास्थ्य चौकी, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, शिशुवा अस्पताल, शहरी स्वास्थ्य केन्द्र खुदी, बेगनास स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र अर्चल थर , शहरी स्वास्थ्य केन्द्र पचभैया, शहरी स्वास्थ्य केन्द्र वडा नं.३२ दुर्गा मन्दिर शहरी स्वास्थ्य केन्द्र तल्लो गगनगौंडामा खोप लगाइने स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जानकारी दिएको छ ।
खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाई आफ्नो उमेर खुल्ने प्रमाणित कागजातका साथ अनावश्यक भिडभाड नगरी खोप सेवा लिनको लागि आग्रह गरिएको छ ।

Related Articles

Back to top button