विश्वसमाचार

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

Spread the love

४ चैत,काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण विश्वभर ७ हजार १ सय ७१ व्यक्तिको मृत्यु भएको छ । १ लाख ८२ हजार ६ सय ५ जना संक्रमित भएको मध्ये ७९ हजार ८ सय ८१ जनाको सफल उपचार भएको छ ।

९५ हजार ५ सय ५३ जना उपचारकै क्रममा छन् । तिमध्ये ६ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ ।

इटलीमा मृतकको संख्या २ हजार १ सय ५८ पुगेको छ । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ सय ४८, स्विजरल्यान्डमा १९, बेलायतमा ५५, नेदरल्यान्डस्मा २४, अमेरिकामा ९१ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ८ सय ५३, दक्षिण कोरियामा ८१ जनाको मृत्यु भइसकेको छ ।

Related Articles

Check Also

Close
Close