समाचार

कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिमा महत

Spread the love

विष्णुहरि पौडेल
भरतपोखरी, २ असार
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोट भैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको शनिवार सम्पन्न वार्षिक साधारणसभा एवम् विशेष पूजा कार्यक्रमले चेतबहादुर महतको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ र्।समितिको उपाध्यक्षमा गुरुप्रसाद पौडेल, सचिव कमलप्रसाद पौडेल, सहसचिवसीता केसी महत र कोषाध्यक्षमा कर्ण कुमारी महत चयन भएका छन् ।
यसै गरी समितिका सदस्यहरूमा सदनकुमार महत, सन्तबहादुर थापा, कविता पौडेल, नरेन्द्रबहादुर थापा, तुलसी दुरा र फुलमाया परियार रहेका छन् । साधार णसभाले प्रचारप्रसार समितिको संयोजकमा वासुदेव पौडेल र सदस्यमा विष्णुहरि पौडेललाई चयन गरेको छ भने सल्लाहकार समितिको संरक्षकमा वडा अध्यक्ष शिवप्रसाद आचार्य तथा सल्लाहकारहरूमा रामचन्द्र पौडेल, विष्णुकुमारी भट्टराई, हेमबहादुर पराजुली थापा, गणेशबहादुर थापा, लोकबहादुर लामिछाने, धनबहादुर थापा, कृष्णबहादुर थापा, सीता पौडेल र लोकबहादुर महतलाइ चयन गरेको छ ।
समितिका अध्यक्ष चेतबहादुर महतले मन्दिरका नामको गुठी जग्गा व्यवस्थित गर्ने तथा समग्र विकासका लागि गुरुयोजना तयार गरिने बताए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले कोटभैरव मन्दिर धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षण एवम् विकासलाई प्राथमिकताका साथ अघि बढाउने धारणा राख्दैवडा भित्रको समग्र विकासका लागि भौतिक पूर्वाधारको विकासका साथै उद्यमशिलताको विकास आवश्यक रहेकोमा जोड दिए ।

रासस प्रदेश नं ४ कार्यालयका प्रमुख वासुदेव पौडेल, चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महत, समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेल, अग्रज लोकबहादुर लामिछाने लगाएतले कोटभैरव मन्दिर ठूलो आस्था र विश्वास युक्त धार्मिक पर्यटकीय स्थल भएको बताउँदै यसको गरमा र महिमालाई प्रचारप्रसार गर्नुपर्ने धारणा राखेका थिए । साधारणसभामा सचिवको प्रतिवेदन समितिका सचिव कमल प्रसाद पौडेलले प्रस्तुत गरेका थिए भने समितिका कोषाध्यक्ष सन्तबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Articles

Back to top button