अर्थ खबरसमाचारसमाजस्थानीय

कोट देउराली बहुुउद्धेश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

Spread the love

लेखनाथ,१ कातिक ।
ऋषिराम रानाभाट
प्रवेशद्धारमा माक्स र सेनेटाईजको ब्यवस्था मञ्चमा चार पाँच जना अतिथी, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उप समितिका सदस्य तथा सल्लाहकारहरुको उपस्थीतिमा पोखरा ३१ मा रहेकोे कोट देउराली बहुुउद्धेश्यीय सहकारीले आफनो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसको कहरका विच स्वास्थ्य सुुरक्षालाई मध्येनजर राख्दै सहकारी विभागको परिपत्र अनुसार असोज २५ गते देखि सुुरु भई शानिवार दोसो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारीका अध्यक्ष तेजनरारायण अधिकारीले सहकारीहरुले प्राविधिक र विज्ञसँगको परामर्षबाट सहकारीहरुले उद्योग र उत्पादनमा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताउँदै कृषि र पशपालनसँग रहेर कार्य गर्ने सहकारीलाई आफ्नो तर्फबात सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । आफ्नो पहिचान बनाउने गरी सहकारीको उद्धेश्य अनुुसार कार्य गर्न सुुझाव दिनुु भयो ।

सस्थाका अध्यक्ष सुुरेन्द्र सापकोटा भाटले अध्यक्षको प्रतिवेदन प्रस्तुुत गर्दै सहकारीको भावी रणनीतिका वारेमा वोल्नुु भएको थियो । सापकोटाले संस्थाले पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा कार्यक्षेत्र रहेकोमा यसै वर्ष देखि प्रकृया पूूरा गरी पोखरा महानगरपालिकालाई नै आफ्नो कार्यक्षेत्र बनाउने बताउनुु भयो ।ग्रामिण क्षेत्रमा लघुु सहकारी कार्यक्रम सञ्चालन बताउँदै सहकारीले लोकल कुुखरा पालन फर्म सन्चालन, कुुटानी पिसानी उद्योग , कागती पकेट कार्यक्रम सन्चालन गरीको जानकारी दिनुु भयो । सवै सेयर सदस्यहरुको साथ र सहयोगले लक्ष्य अनुसारको प्रगति गर्न सफल भएको विचार राख्नुु भएको थियो ।

यसै गरी ग्लोबल आइ एम ई बैंक बेगनास शाखाका शाखा प्रमुुुख दिनेश अधिकारले छोटो समयमा नै सहकारीले आसा गरे अनुुसा सफलता प्राप्त गरेको बताउँदै आगामी दिनमा यस क्षेत्रको उदाहरणीय सहकारीको रुपमा स्थापीत हुन सकोस भन्दै शुुभकामना व्यक्त गर्नुु भयो । संस्थाका उपाध्यक्ष उमनाथ तिवारीले स्वागत गर्नुु भएको कार्यक्रममा संस्थाका पूूर्प सन्चालकहरु र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सहकारीका प्रवन्धक श्रीराम कंडेलले सन्चालन गर्नुु भएको कार्यक्रममा ऋण संयोजक चन्द्रकान्त तिवारीले सहकारीका सात सिद्धान्त वाचन गनुुएको थियो भने सचिव प्रकाश चन्द्र कंडेलद्धारा प्रस्तुुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष जमुुना सापकोटाको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक चित्रनाथ भट्टराइद्धारा प्रस्तुुत लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो भने सहकारीका अध्यक्ष सुुरेन्द्र सापकोटा भाटको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको सहकारीका प्रबन्धक श्रीराम कंडेलले गाउँले मिडियालाई जानकारी दिनुु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close