समाचार

वशिष्ट गोत्रिय रानाभाट बन्धुहरुको कुल पूजा सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २१ फागुन ।
वशिष्ट गोत्रिय रानाभाट बन्धुहरुको कुल पूजा सम्पन्न भएको छ । कुल पूजा व्यस्थापन समितिका अध्यक्ष छविलाल रानाभाटको अध्यक्षतामा कुल पूजा सम्पन्न भएको हो ।
प्रत्येक पाँच वर्षमा गरिने कुल पूजामा काठमाण्डौ, कैलाली , प्रगतिनगर, पोखरा, छिन्नेडाँडा , विजयपूर, बुढिबजार, तालचोक, शिशुवा, मोहोरिया , वेगनासताल लगाएतका विभिन्न स्थानहरुमा बसोवास गर्दै आएको ६० जना रानाभाट बन्धुहरुको सहभागिता रहेको अध्यक्ष छविलाल रानाभाटले जानकारी दिए ।
साविक माझठाना वडा नं.३ हाल मादी गाउँपालिका वडा नं.१२ काफल डाँडा स्वाँरामा सौहाद्र रुपमा पूजा सम्पन्न एक आपसमा परिचयात्मक कार्यक्रम समेत गरी मन्दिरलाई थप व्यवस्थित गर्नको लागि एक निर्माण समिति समेत गठन गर्ने छलफल भएको सचिव समन्त रानाभाटले जानकारी दिए ।

Related Articles

Close