समाचार

आज अन्तर्रा्ष्ट्रिय मजदुर दिवस

Spread the love

१९ बैशाख ।
ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ, यसै शताब्दीको शुरुवातसँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन्, यि उधोग अनि औधोगीकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व अनि श्रमको उचित मुल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्वपूर्ण छ ।

१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा “हे मार्केट काण्ड“ भएको संझनामा मे १ लाई श्रमिक अनि श्रमसँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ ।
यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागी भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो ।

Related Articles

Back to top button