रोचक

यस्ती युवती जो ८०० सिसीको बाइकमा चढेर विश्व भ्रमण गर्ने अभियानमा लागीन्, यस्तो छ यि सुन्दरी युवतीलाई चुनौती

Spread the love

एजेन्सी । केटीहरुले हत्त पत्त बाइक चलाउने भन्ने कुरा हाम्रो समाजमा बिरलै देखिन्छ । तर इरानकी ३५ बर्षिया मार्ल एजार्लो ८०० सिसीको बाइक बिएमडव्ल्यू जिएस तिब्र गतिमा हाँक्न सक्छिन् । अझ त्यतिमात्र कहाँ हो र ? उनी त ८०० सिसीको बाइक बिएमडव्ल्यू जिएस बाट ७ महादेशको यात्रा गर्ने धुनमा छिन् । मार्ल एजार्लोको मिशनमा ४५ देश पर्छन् ।

मार्ल एजार्लो आफ्नो बाइकबाट इरान पनि जान चहान्छिन्, तर इरानमा महिलालाई बाइक चलाउने अनुमति छैन । मार्ल एजार्लो ३७० किलोको बाइक लिएर निर्धक्क आधा विश्व भ्रमणको मिसन सहित अघि बढीरहेकी छिन् । ६ बर्ष देखि बाइक चलाइरहेकी छन् । उनी १५ बर्ष अघि भारतको पुणे आएकी थिइन् । १ लाख किलोमिटर बाइक गुडाएर नयाँ किर्तिमान बनाउने उनको योजना छ । यो मिशनमा उनीसँग राइडर पंकज त्रिवेदी समेत छन् ।

Related Articles

Close