समाचार

लागु औषधसहित कास्कीमा दुईजना पक्राउ

Spread the love

पोखरा,२१पुष।
कास्कीमा ठूलो परिमाणको लागुऔषधसहित यसको कारोबार गर्ने दुई जना पक्राउ परेको छन्।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले कास्कीको पोखरा महानगरपालिका १३ पाटनवेशी बस्ने २१ वर्षीय अनुप तामाङ र वडा नं. २७ शिसुवा बस्ने १९ वर्षीय विशाल परियारलाई पक्राउ गरेको हो। प्रहरीको टोलीले पोखरा महानगरपालिका १३ काहुँखोलामा सवारी चेक जाँच गरिरहेका बेलामा अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नं.को मोटरसाइकल भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
शंकास्पद अवस्थामा चेक जाँच गर्दा झोलामा लुकाई छिपाई राखेको लागुऔषध डाइजापाम ९४ एम्पुल, नुर्फिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी २८० एम्पुल लागुऔषध, दुई थान मोबाइल र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

Related Articles

Close