रोचक

लास दिवस मनाउन सडकमा भूतको परेड (तस्वीरसहित)

Spread the love

मेक्सिकोस्थित मेक्सिको सिटीको सडकमा शनिवार सन्नाटा छायो, जब सडकमा भूतहरुले परेड खेल्न थाले ।

मेक्सिको सिटीका मानिसहरुले गत हप्ता भुतप्रेतसँग बिताए । आइतबार त सडकमै भूतको जुलुस निस्कियो । सडकमा ठूलो संख्यामा भूत देखेपछि मानिसहरु अत्ताल्लिए । आखिर त्यति ठूलो संख्यामा भूतहरु कहाँबाट आए ?

 

मेक्सिको सिटीको सडकमा घुमाइने नरकंकालहरु हरेक वर्ष यसरी जम्मा हुन्छन् । वास्तवमा ती साच्चिकैका भूत नभई भूतको भेषमा निस्किएका मानिसहरु हुन् ।

यो सहरमा हरेक वर्ष डे अफ द डेड अर्थात् लास दिवस मनाइन्छ । सायद हाम्रो देशको गाईजात्रा जस्तै होला यो । लास दिवसलाई त्यहाँ मानिसहरु एक ठूलो पर्वको रुपमा मनाउँछन् । मानिसहरु कंकालजस्ता डरलाग्दा भेष धारण गरी सडकमा निस्किन्छन् ।

आगामी नोभेम्बर २ मा लास दिवस परेको छ । तर, मानिसहरु यो दिवसको पूर्वतयारी गरिरहेका छन् र सडकमा भूतको जुलस निस्किन थालिसकेको छ ।

मेक्सिको सिटीमा झण्डै २ हजार वर्ष पहिलेदेखि लास दिवस मनाउने परम्परा चलिआएको बताइन्छ । पहिले–पहिले यो दिवसको दिन आफन्तहरुले आफ्नो मृतक आफन्तको चिहानमा गएर फूल चढाउँदथे । तर समयक्रमसँगै परम्परामा बदलाव आयो र भूतको जुलुस निकाल्न थालियो ।

यो पटकको लास दिवस मेक्सिकोमा हालै गएका दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मनाइँदैछ ।

एजेन्सी

Related Articles

Close