समाचार

लक्ष्मी माविको ६० औं बार्षिकोत्सव सम्पन्न

Spread the love

विष्णुहरि पौडेल
लेखनाथ , ३१ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको लक्ष्मी माविको ६० औं बार्षिकोत्सव सम्पन्न भएको छ । ६० औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले समय अनुकुलको प्रविधी प्रयोग गरी शैक्षिक गुणस्तरलाई परिणाममुखी बनाउनु नै आजको आवस्यकता भएको बताएका छन् । सुचना र प्रविधीको भरपुर रुपमा प्रयोग गर्दै विद्याथीहरुलाई सीपमुलक र रोजगारीमुलक शिक्षा तर्फ अग्रसर बनाउनु पर्ने सुझाव राख्दै प्रमुख जिसीले विद्यार्थीको पठनपाठनका बारेमा स्वयम अभिभावकहरु नै सचेत हुर्ने पर्नेमा जोड दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिकी सदस्य हरिप्रिया पौडेल पोखरा लेखनाथ महानगरपालिका शिक्षा महासाखाका प्रमुख केदार आचार्य,उप प्रमुख विश्वराज आचार्य, कार्यक्रममा जिल्ला शिक्षा समन्वय कार्यालय कास्कीका उप सचिव नवराज चापागाई,वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल,भुपु ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ, गण्डकी विकास बैकका अध्यक्ष रेशमबहादुर थापा, पुर्ब शिक्षक आनन्दमणि लामिछाने,भुपु विद्यार्थी कुमार गुरुङ विधाता श्रेष्ठ विद्यार्थी सन्धया पौडेल र स’मन प’न लगाएतले आ आफनो धारणा राखेका थिए।
सोही अवसरमा विद्यालयमा विगत २५ वर्ष सेवा गर्दै आएका प्रधानाध्यापक ऋषिकेश बराल,सहायक प्रअ ठाकुरप्रसाद घिमिरे,शिक्षक उपेन्द्रमणि लामिछाने र विष्णु कुमारी लामिछानेलाई दीर्घसेवाबाट सम्मान गरिएको थियो । विबिध साकृतिक कार्यक्रम र गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्याथीहरुलाई पुस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुग्ने गरी मोतीकाजी श्रेष्ठको परिवारले रु ७५ हजार,गण्डकी विकास बैकले ३५हजार तथा ओम डेभलपमेण्ट बैकको तर्फबाट दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो । प्रधानाध्यापक ऋषिकेश बरालले विद्यालय प्रतिवेलन प्रस्त’त गरेको उक्त कार्यक्रमकोसञ्चालन सहायक प्रअ ठाकुरप्रसाद घिमिरे र जगन्नाथ अधिकारीले गरेका थिए । कार्यक्रममा शिक्षकअभिभावक संघका अध्यक्ष तारानाथ पौडेलले स्वागत गरेका थिए । कार्यक्रम सांझ विद्यालयमा दीपावली गरी सम्पन्न भएको थियो।

Related Articles

Close