समाचार

लक्ष्मी मा वि मा नवनियुक्त प्रधानाध्यापकको पदस्थापन तथा सेवा निवृत्त प्रअको विदाई

Spread the love

लेखनाथ, भदौ १ ।
विष्णुहरि पौडेल
पोखरा महानगरपालिका २६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा मा नवनियुक्त प्रधानाध्यापकको पदस्थापन तथा सेवा निवृत्त प्रधानाध्यापकका विदाइ कार्यक्रम शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।कार्यक्रममा सेवानिवृत्त प्रधानाध्यापक ऋषिकेश बराललाइ विदाइ र नवनियुक्त प्रधानाध्यापक जगन्नाथ अधिकारीको पदस्थापन गरिएको हो ।
विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यालयका शिक्षकशिक्षिकाहरु, विद्यार्थी एबम शुभचिन्तकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वोल्दै विद्यालयका निवृत्त प्रधानाध्यापक ऋषिकेश बरालले कार्यकालसफल पार्न सहयोग पु¥याउने सवैलाइ धन्यवाद ज्ञापन गरेका थिए भने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण जि.सी.ले वहांको ३४ वर्ष लामो योगदानको कदर गरेका थिए । नवनियुक्त प्रधानाध्यापकको पदस्थापन गराउंदैे सफल कार्यकालको शुभ कामना दिएका थिए ।
नवनियुक्त प्रधानाध्यापक जगन्नाथ अधिकारीले आफ्ना भावी कार्यक्रमलाई सफल पार्न सवैको सहयोगको अपेक्षा थिए । विद्यालयका सूचना अधिकारी समेत रहेका सहाएक प्रधानाध्यापक ठाकुरप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Check Also

Close
Close