समाचार

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको अध्यक्षमा सिग्देल

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २७ चैत ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको अध्यक्षमा वर्ष २०१९÷२० का भरतराज सिग्देल निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचन भएको प्रथम उपाध्यक्षमा मोहन प्रसाद पौडेल, द्धितिय उपाध्यक्षमा बसन्तराज कोइराला, तृतिय उपाध्यक्षमा सुशिल कोइराला, सचिवमा रुक बहादुर गुरुङ, क्लब एड्मिनेस्ट्रेटरमा नारायण बहादुर थापा, कोषाध्यक्षमा पोषण राज खनाल, मेम्वरसिप चियर पर्सनमा माधव नेपाली चयन भएका छन् ।

यसै गरी एल सि आइ एफ कोर्डिनटरमा भगवान श्रेष्ठ, क्लब सर्भिस चियर पर्सनमा सन्जि वास्तोला, क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सनमा नवराज क्षेत्री, सह सचिवमा दामोदर आचार्य, सह कोषाध्यक्षमा शंक कार्की, टेमरमा तेजराज वास्तोला, टेल टिस्टरमा दिपक घिमिरे चयन भएका छन् । यर्सैगरी निर्देशकहरुमा सन्जय सर्मा, दिपक न्यौपाने, अमृत ठकुरी, राजु आचार्य, शिव नेपाली रहेका छन् । यस अघि प्रमुख अतिथि जि एल टि कोर्डिनेटर राजु श्रेष्ठले लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्थापना काल देखि नै सामाजिक तथा मानविय सेवाका उत्कृष्ट कार्यहरु गर्दे आएको बताउँदै नवनिर्वाचित टिमलाइ बधाइ दिएका थिए । यसै गरी रिजन २ का रिजन चियर पर्सन माधव प्रसाद पौडेल, जोन चियर पर्सन ऋषिराम रानभाट, क्लबका एक्सटेन्सन चियर पर्सन कमल बहादुर बस्नेत लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष चन्द्रेश्वर वस्ताकोटीले क्लबले सम्पादन गरेका सामाजिक तथा मानविय सेवका कार्यहरुको वारेमा जानकारी गराउँदै आगामी दिनमा नयाँ कार्य समितिलाइ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यसै गरी नव निर्वाचित अध्यक्ष भरतराज सिग्देलले आगामी दिनमा क्लबका कार्यक्रमहरु सर्भिस केन्द्रित हुने भन्दै आफ्नो कार्यकालमा सहयोग गर्न सम्पूर्ण क्लबका पदाधिकारीहरुलाइ आग्रह गर्दे गरेका थिए ।क्लवका संस्थापक अध्यक्ष वासुदेव कोइरालाले निर्वाचन समितिको संयोजकको रुपमा सहजीकरण गरेका थिए भने क्लबका सचिव बसन्त राज कोइरालाले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close