अर्थ खबरसमाचार

लेउवा संघमा नयाँ नेतृत्वका लागि ढकाल र सुवेदीका विच प्रतिपर्धा हुने

Spread the love

लेखनाथ, साउन २६ ।
लेखनाथ उद्योग बाणिज्य संघको भदौ २० र २१ गते हुन लागेका निर्वाचनमा संस्थापन पक्षसँग असन्तुष्टी जनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भरतकुमार अधिकारी चुनावी मैदानबाट एक्कासी बाहिरिएका छन् । शनिवार राती अवेरसम्म सहमतिका लागि बसेको संघका पूर्व अध्यक्षहरु र वर्तमानकार्य समितिका पदाधिकारी सहितको छलफलमा अधिकारीले उमेदवार नदिने सहमति भएको हो ।
यस अघि भरत कुमार अधिकारीले अध्यक्ष पदमा भिड्ने तयारी गरे पनि एक्कासी उनले उमेदवार नदिने हल्ला बजारमा फिजिए पछि नेपाली काग्रेस निकटका ब्यवसायीहरुले गिता देवि सुवेदीलाई अध्यक्ष पदमा अगाडी सारेको स्रोतले बताएको छ । सुवेदीको उमेदवारीले आगामी अधिवेशनका लागी दुई वटा प्यानलका बिच चुनाव हुने पक्का पक्की भएको छ । सस्थापन प्यानलवाट वलराम ढकाल अध्यक्ष पदमा भिड्दै छन् भने नयाँ प्यानलवाट गिता देवि सुवेदी चुनावी मैदानमा आउने भएकी हुन् ।
अधिकारीको संभावनालाई पछिल्ला बर्षहरुमा सम्वोधन गर्ने गरी सहमति भएको बताईएको छ । उनि ढकालको कार्यसमितिमा सल्लाहकारमा रहने गरी सहमति भएको बताइएको छ । अधिकारी चुनावी प्रतिस्पर्धाबाट वाहिरिए पछि बलराम ढकालको निर्विरोधको संभावना बढे पनि गितादेवि सुवेदीको उमेदवारीले त्यो सम्भाबना टरेको छ । अघिल्लो अधिवेशनमा समेत वरिष्ठ उपाध्यक्षमा ढकाल र सुवेदीका चुनाव भएको थियो ।
यता अधिकारीको प्यानबाट महासचिव पदमा चुनाव लड्ने घोषणा गरेका ऋषीराम जमरकट्टेल पनि चुनावी मैदानवाट वाहिरिएका छन् । उनका प्रतिष्पर्धी सस्थापन प्यानलवाट गोपिचन्द्र वास्तोला महासचिवको उम्मेदवार वन्ने भएका छन् । वास्तोला र जमरकट्टेल दुवै जना हार्डवयर व्यवसायी रहेको हुँदा लेखनाथ हार्डवयर एसोसिएसनवाट जमरकट्टेललाई फिर्ता बोलाईएको हो । जमरकट्टेललाई सदस्य पदमा चुनावमा जान सस्थापन पक्षवाट आग्रह गरेपनि आफू सदस्य पदमा नजाने जमरकट्टेले वताएका छन् ।
सस्थापन पक्षका ढकालको प्यानल यस अघी नै तयार भईसकेको छ भने नयाँ अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी सुवेदी प्यानल वनाउने तयारीमा जुटेकी छन् । सस्थापन पक्षको बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोद कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उप महासचिवमा उपेन्द्रराज सुवेदी राजु, कोषाध्यक्षमा जानुका पराजुली चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सदस्यहरुमा भने पुरानै कार्यसमितिबाट मेनुका श्रेष्ठ, रामजी पौडेल, भिमवहादुर नेपाली काइला, शैलेन्द्र मोहन भट्टराई, भरत ओझा, धिरजकुमार श्रेष्ठले दोहोर्याउने भएका छन् भने नयाँ अनुहारमा राधाकृष्ण अधिकारी र बुद्धि बास्तोला लगाएत नयाँ अनुहारका दुई दर्जन भन्दा बढिले सदस्य पदमा उम्मेदवारी दिने इच्छा जाहेर गरेका छन् भने आरक्षण तर्फको महिला सदस्यमा सन्ध्या दाहाल र ईन्दिरा रोक्काको मात्र चर्चा रहेको छ ।
यता संस्थागत तर्फ हार्डयर एशोसियशनका बरिष्ठ सल्लाहकार सुदेव गुरुङ माईला र एशोसियटमा बिक्रम कर्माचार्यले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको निर्वाचन गराउन गठिन उप समितिले निर्वाचन कार्य तालिका प्रकाशित गरिसकेको छ । जस अनुसार भदौ १० गते उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेको छ ।

Related Articles

Check Also

Close
Close