अर्थ खबरसमाचार

लेखनाथ उद्योग बाणिज्य संघको सम्पूर्ण पदाधिकारीमा निर्विरोध

Spread the love

लेखनाथ, भदौ १० ।
लेखनाथ उद्योग बाणिज्य संघको सम्पूर्ण पदाधिकारीहरु निर्विरोध भएका छन् । संघको १२ औं अधिवेशनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा अध्यक्ष बलराम ढकाल सहित पदाधिकारी र सदस्यमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि ढकाल सहितको समूह निर्विरोध भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोद कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी राजु र कोषाध्यक्षमा जानुका अधिकारीको मात्रै उम्मेदवारी परेको छ । यसै गरी महिला सदस्यमा दिलकुमारी दाहाल र इन्दिरा रोका, एशोसियट सदस्यमा विक्रम कर्माचार्य एवं संस्थागत सदस्यमा सुदेव गुरुङ्गको मात्रै उम्मेदवारी परेको छ ।
कार्य समितिको खुल्ला आठ जना सदस्यमा भरतराज ओझा, भिमबहादुर सार्की, बुद्धिप्रसाद बास्तोला, धिरज कुमार श्रेष्ठ, मेनका श्रेष्ठ, राधाकृष्ण अधिकारी र रामजी पौडेल र शैलेन्द्र मोहन भट्टराईको मात्रै उम्मेदवारी परेको बताइएको छ । उम्मेदवारी फिर्ता लिने समय भदौ १२ गते ३ बजेसम्म रहेको छ । निर्वाचन उपसमितिका संयोजक अधिवक्ता खगेन्द्र राज आचार्यका अनुसार आवश्यक संख्या भन्दा कमका लागि उम्मेदवारी फिर्ता हुनेछैन ।

Related Articles

Check Also

Close
Close