अन्य

लेखनाथ उद्योग बाणिज्य संघले बनायो पञ्च वर्षे योजना

Spread the love

लेखनाथ, २१ फागुन ।
समग्र गण्डकी प्रदेश कै आर्थीक तथा सामाजिक विकासमा सहयोग पुग्ने गरि लेखनाथ उद्योग बाणिज्य संघले पञ्च वर्षिय भावि योजना तयार गरेको छ ।
ब्यवसायीक हक हितका सवालमा आवज उठाउदै अवको पाँच वर्षमा संघले अवलम्वन गर्ने निती तथा कार्ययोजना तयार गर्नका लागि कास्कीको पर्यटकीय गाउ धम्पुसमा भएको दुई दिने कार्य योजना तर्जुमा गेष्ठीले पाँच वर्षीय योजनालाई अगाडी सारेको हो ।
उद्योग धन्दा राष्ट्रीय अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले अगाडी सारेको लगानीमैत्री वातावरणलाई सहयोग पुग्ने गरि संघले स्थानिय स्रोत र साधनको भरपुर उपयोग गर्दै विषेश गरि कृर्षि र पर्यटनमा आधारीत उद्योग धन्दा स्थापनामा सहजिकरण गर्ने निधो गरिएको हो ।
गोष्ठीले अवको पाँच वर्षमा संघले व्यवसायी हक हितका सवालमा के गर्न सकिन्छ, कसरी वाहिय लगानी कर्तालाई लेखनाथ नगर क्षेत्रमा आर्षण गर्न सकिन्छ भन्ने वारेमा छलफल गरि भौतीक पुर्वाधार,ब्यवसायीको क्षमता अभिबृद्धि र कसरी आर्थीक क्षेत्रको पहिचान गर्न सकिन्छ भन्ने बारेमा पाँच बार्षिय नितीगत योजना वनाईएर अगाडी वढ्ने निर्णय गरिएको हो ।
कार्यक्रममा अर्थ विश्लेशक प्रतिक प्रधानले कार्यपत्र प्रस्तुत गर्दै हामीले कल्पना गरेको सुखि नेपाली समिद्ध नेपाल कसरी वनाउन सकिन्छ भन्ने वारेमा आम उद्योग ब्यवसायीहरु चिन्तनसिल हुनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकालले राष्ट्रको अर्थतन्त्रलाई कसरी मजभुत बनाउन सकिन्छ भन्ने वारेमा जति ब्यवसायीहरु चिन्तनसिल छन् सोही अनुरुप सरकारले पनि स्पष्ट नितीका साथ अगाडी वढ्ने हो भने हामीले कल्पना गरेको नयाँ नेपाल बनाउन समय नलाग्ने विश्वास दिलाएका थिए ।
लेखाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकालको अध्यक्षता भएको सो कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले ब्यवसायीहरुको साझा सस्था उद्योग बाणिज्य संघले ब्यवसायीका समस्यहरुको पहिचान गरि ती समस्यालाई सरकार समक्ष पु¥याउन मध्यस्थको काम गरेका बताएका थिए ।
संघका महासचिव गोपि चन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा संघका पुर्व अध्यक्ष, सल्लाहकार,कार्यसमितिका पदाधिकरी र विभिन्न उप समितिका संयोजकहरुको सहभागीता रहेको थियो ।

Related Articles

Check Also

Close
Close