समाचार

लेखनाथ उद्योग वाणिज्यले दैनिक १२ सय जनालाई तयारी खाना खुवाउदै

Spread the love

लेखनाथ, १३ बैसाख

लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक रुपमा विहान र वेलुकाको खाना खुवाउने कार्यक्रम जारी रहेको छ ।

गत बैसाख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिएका छन् ।

विश्व व्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लगाएको लकडाउनका कारण घरमा चुलै नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर सम्वन्धीत ठाउमा नै खाना पु¥याउदै आएको छ ।

सम्बन्धीत वडाको सिफारीस र स्थानिय टोल विकास सस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरि विहान ९ वजे र बेलुका ६ वजे खाना तयार गरि पाइक पर्ने विभिन्न ठाउमा तयारी खाना बितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र वास्तोलालले जनकारी दिएका छन् ।

तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पु¥याउन अब्ठारो भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानियवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समोन्वयमा खाना तयार गरि दैनिक रुपमा करिव तिन सय ७० जनालाई तयारी खाना खुवाउदै आएको संघका द्धितिय उपाध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ । यो अभियान बैसाख १५ गते सम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने सोचले तयारी खाना वितरण गरिएको हो ।

Related Articles

Back to top button