समाचारसमाजस्थानीय

लेउवा संघ र त्रिवेणी कलेज विच साझेदारी एकता

Spread the love

लेखनाथ,१२ साउन ।
लेखनाथ उद्योग बाणिज्य संघ र त्रिवेणी ईन्टरनेशन कलेजका विच कार्यगरत एकता गर्ने सहमति भएको छ ।
दुई सस्थाका विच सोमवार एक कार्यक्रमका विच कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको हो । सहमति पत्रमा संघको तर्फबाट अध्यक्ष वलराम ढकाल र कलेजको तर्फबाट अध्यक्ष सुमनमोहन भटराईले हस्ताक्षयर गर्नु भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाईका लागि लेखनाथ उद्योग बाणिज्य संघका ब्यवसायी प्रतिष्ठानमा पठाउने र संघमा आवद्ध ब्यवसायीहरुका लागि आवस्यक पर्ने जनशत्ति कलेजमा अध्यनरत विद्यार्थीहरुलाई पहिलो प्रथामिकता दिने गरि सहमति भएको हो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय स्तरमा रोजगार सृजना गरि स्वदेशमा नै उद्योग कलकारखाना निर्माण गर्ने तर्फ हामीहरुको सोच आउनु पर्ने धारणा राख्नु भएको थियो भने पोखरा विश्व विद्यालयका पुर्व उपकुलपति प्रा.डा. ईन्द्र प्रसाद तिवारीले दक्ष्य जनशत्ति उत्पादनमा कलेजले ब्यवहारीक र प्रयोगात्म शिक्षालाई ध्यान दिनु पर्ने सुझाव राख्नु भएको थियो ।
कलेजका अध्यक्ष सुमन मोहन भटराईको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष वावुराम गिरी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा,उप महासचिव उपेन्द्रराज सुबेदी,कोषध्यक्ष जानुका अधिकारी, कलेजका प्रमुख यदुराज आचार्य र सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगाएतले बिद्यार्थीले आफनो क्षमताको विकास गर्न पाउने र ब्यवसायीले पनि सर्वसुलभ तरिकाले सेवा लिन सकिने बिचार राख्नु भएको थियो ।

Related Articles

Back to top button