समाचार

लेखनाथ हार्डवेयर एसोशियसनद्धारा विदद्यार्थिहरुलाई झोला र स्टेशनरी सामग्री वितरण

Spread the love

रामशरण नेपाली
लेखनाथ, असार २
लेखनाथ हार्डवेयर एसोशियसन ले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थिहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ । एसोशियसन आफ्नो सामाजीक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखरा लेखनाथ २९ मा रहेको नवदुर्गा अधारभुत विद्यालयका ४० जना विद्यार्थिहरुलाई स्टेशनरीका सामान सहित झोला वितरण गरेको हो ।
एसोशियसनका सल्लाहकार सुदिप गुरुङले विद्यार्थिहरुलाई चकलेट वितरण गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थाका उपस्थीत पदाधिकारीहरु र अतिथिहरुले विद्यार्थिहरुलाई स्टेशनरी सामान सहितको झोला प्रदान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गुरुङ्गले विद्यार्थिहरुलाई सहयोग गर्न पाउने कार्यक्रम आयोजन गर्ने सौभाग्य जुराईदिएकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोलानाथ सुवेदीले कार्यक्रमको लागि आफ्नो विद्यालयलाई छनोट गरेकोमा व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु हुने विश्वास व्यक्त गरे । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरुङ्गले एसोशियसनलाई धन्यवाद दिंदै व्यवसायीहरुको पनि व्यवसायीक सफलताको कामना गरे ।
एसोशियसनका प्रथम उपाध्यक्ष विजय गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन पँगेनीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ऋषिराम जमरकटृेलले गरेका थिए ।

Related Articles

Back to top button