समाचार

लेखनाथ सामुदायिक सेवा केन्द्र र कोलेफाँट टोलविकास सस्थाद्धारा वृक्षारोपण

Spread the love

लेखनाथ, २२ जेठ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्र र कोलेफाँट टोलविकास सस्थाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ तथा पोखरा लेखनाथ सेवा केन्द्रको कम्पाउन्ड भित्र, वृक्षारोपण, गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष  पूर्णकुमार गुरुङले विरुवा रोपेर मात्र नभई गोडमेल र सरसफाईको आवश्यकता पर्ने भएको हुँदा यस्ता कार्यक्रमले निरन्तरता पाओस भन्दै आगामि दिनहरुमा वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरे, सस्थापक अध्यक्ष मोति गिरी र खगेन्द्रराज आचार्यले बोलेका थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको कार्यक्रम कोलेफाँट टोलविकास सस्थाका अध्यक्ष तिर्थप्रसाद अधिकारीले स्वागत र कार्यक्रम संचालन सस्थाका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

Related Articles

Back to top button