अर्थ खबरसमाचार

लेखनाथ उद्योग बाणिज्य संघको २३ औं स्थापना दिवस  सम्पन्न

Spread the love

लेखनाथ उद्योग बाणिज्य संघको २३ औं स्थापना दिवस  सम्पन्न
लेखनाथ, २१ अषाढ ।
लेखनाथ उद्योग बाणिज्य संघले शुक्रवार विबिध कार्यक्रमका साथ आफनो २३ औं स्थापना दिवस तथा बार्षिकोत्सव समारोह मनाएको छ । बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहभागिता विना विकास सम्भव नहुने बताउदै देशमा राजनितीक लडाईका विषयको समाप्ती भएकाले अव आर्थीक समृद्धिका विषयमा केन्द्रत भएर देश विकास गर्नु पर्ने सुझाव राखेकी हुन् ।
सोही अवसरमा नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्येसँगै देशमा सकारात्मक सोचको अध्याय सुरु भएकाले विद्युतको क्षेत्रमा केही मात्रमा सुधार आउदा नौ अर्व घाटामा रहेको सस्थालाई नौ महिनामा तीन अर्व नाफामा पु¥याएको र अव छिटै प्रति वर्ष पाँच अर्व नाफामा पु¥याउने लक्ष्य राखेको बताएका थिए । साथै उनले लोडसेडिङको अन्त्य सवैको साथ सहयोगबाट मात्र सम्भव भएको र विद्युत प्राविधिकरणमा देखिएका विभिन्न समस्याको सुधार, असमान वितरण प्राणाली र चुहावटको रोकथामबाट सम्भव भएको बताएका थिए ।
कार्यक्रममा पुर्व कानुन मन्त्री यज्ञवहादुर थापाले उत्पादनको बृद्धि नगरी गरिवी हटाउन नसकिने तर्क राखेका थिए भने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको विकासका लागि अन्य १० जना कुलमान जिन्मनु पर्ने सुझाव राखेको थिए । संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना काल देखि बर्तमान अवस्था सम्मका गतिबिधी र उद्योग ब्यवसायीले भोग्नु परेका समस्यका बारेमा जानकारी गराएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र वहादुर बुढाले शुभकामना मन्तव्य राखेका थिए भने सो कार्यक्रस संचालन महासचिव भरतकुमार अधिकारले गरेका थिए ।

Related Articles

Close