समाचार

लेखनाथमा एक महिलाको मृत्युु

Spread the love

जेठ २५, पाेखरा  । पोखरा ३० मा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा शनिबार एक महिलाको मृत्यु भएको छ।

पाेखरा -३० खुदि बस्ने ३७ बर्षीया एक महिलाको अचानक बेहाेस भए पछि उनलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश भट्टराईले जानकारी दिएका हुन् ।

बिहान पटक पटक बान्ता गरेपछी नजिकैको मेडिकलबाट बान्ता नहुने औषधि सेवन गरेको र एक्कासि बेहोस भएपछी करिब १ बजे अस्पताल लगिएको थियो। डाक्टर भट्टराईका अनुसार मृतकमा कोरोनाको लक्षण नदेखिएको र मुटुको धड्कन रोकिएकोले मृत्यु हुन सक्ने बताएका छन् ।

यद्यपि उनकाे काेराेना परिक्षणका लागि पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान काेराेना प्रयाेगशालामा स्वाब पठाईएकाे छ ।

Related Articles

Close