अर्थ खबरमनोरञ्जनरोचकसमाचार

लेखनाथ महोत्सवमा शान्ति सुरक्षालाई मजबुत बनाइने

Spread the love

लेखनाथ, २२ मंसिर ।
पौष ३ गते देखि १५ गते सम्म लेखनाथको तालचोकमा आयोजना हुन लागेको १६ औं सस्करणको लेखनाथ महोत्सव अबधिभर शान्ति सुरक्षाको ब्यवस्थालाई मजबुत बनाईने भएको छ ।
महोत्सवमा आउने दर्शकहरुलाई सुरक्षाको प्रत्याभुती दिने र महोत्सव स्थल देखि सडक सुरक्षाका बारेमा सवै तहका सुरक्षाका निकाय परिचालन गरि कुनै प्रकारका अबाञ्छीत क्रियाकलापहरु गर्न नदिने र नियम विपरीत गरिने कार्यलाई निरुत्साहीत गरिने भएको हो ।
कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले महोत्सव हुदाँ सुरक्षाका सवै निकायहरु चनाखो रहने र शान्ति सुरक्षाको सवालमा प्रशासनको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियोे । साथै उहाँले देशको आर्थिक विकासमा सहयोग पुग्ने लक्ष्यका लागि सवै तहका सुरक्षा निकायको साथ रहने बताएका थिए ।
सोही अवसरमा कास्कीका प्रहरी प्रमुख दान बहादुर कार्कीले ब्यवस्थीत ढंगले महोत्सव संचालन गर्नका लागि कस्की प्रहरीको सहयोग रहनेमा जोड दिएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले अहिले सम्म भए गरेका कार्य तथा प्रगतिको विवरण प्रस्तुत गर्दै अनुसासन पुर्वक राज्यको निती नियममा रहेर एकता कामय गर्दै महोत्सव संचालन गर्ने तयरीमा आफुहरु जुटीरहेका बताएका थिए ।
संधका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा पुर्व अध्यक्ष बावुराम गीरिले स्वागत मन्तब्य सहित विगतका महोत्सवमा भए गरेका अनुभव प्रस्तुत गरेका थिए ।
यसैबिच महोत्सवको उद्घाटनका दिन विभिन्न जात जातीको मौलीक सस्कृती झल्कने गरि झाकी ¥याली निकालीने भएको छ । महोत्सवमा आउने दर्शकहरुलाई थप मनोरङजन दिन र जातीय मौलीक सस्कृती झल्कने गरि देनिक रुपमा विभिन्न जात जातीको प्रस्तुती रहने बताईएको छ ।
झाकी ¥याली ब्यवस्थापन उप समितिका संयोजक बुद्धिमाया थापा मगरको अध्यक्षतामा भएको बैठकले संघका अध्यक्ष बलराम ढकाल,बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संघका बरिष्ठि सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी,महासचिव गोपिचन्द्र बास्तोला लगाएतले महोत्सवलाई सफल पार्न सवैले आ आफनो क्षेत्रबाछ सक्दो सहयोग गर्नु पर्नेमा आग्रह गरेका थिए ।

Related Articles

Check Also

Close
Close