अर्थ खबरमनोरञ्जनसमाचार

लेखनाथ महोत्सवको तयारी अन्तीम चरणमा

Spread the love

लेखनाथ, १, पुष । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ पुस ३ गते देखि संचालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

समग्र गण्डकी प्रदेश कै आर्थीक, समाजिक तथा शैक्षीक बिकासमा सहयोग पु¥याउने उदेस्यल संचालन हुन लागेको महोत्सवका बारेमा मंगलवार महोत्सव स्थलमा राखिएको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको बताईएको हो ।

महोत्सवको तयारी अन्तरगत अहिले सम्म महोत्सवमा रहने तीन सय ४० स्टलहरुमा केही बाहेक सवै स्टल बुकि· भईसकेको र स्टल निर्माण देखि अहिल मात्र बनाईएको स्थाई स्टेजमा सझिसजावटको काम मात्र बाकी रहेको प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी गराएका थिए ।

दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु रहने बताईएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा हुन लागेको महोत्सवले बिषेश गरि कृर्षिलाई ब्यवसायीक उत्पादन तर्फ अग्रसर गराउदै सिप सिक्ने र सिकाउने थलोको रुपमा बिकास गराउने लक्ष्य राखिएको छ ।

पुस १५ गते सम्म चल्ने महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थीक कारोवार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।

महोत्सवमा करिव एक करोड ३० लाख आम्दानी भई एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका थिए ।

महोत्सवलाई ब्यवस्थीत र प्रभावकारी तरिकाले संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, २८ सदस्यीय सल्लाहकार समिति, विभिन्न ३३ वटा उप समिति र एक सय २३ सदस्सीय कार्यसम्पादन समिति गठन गरि तयारीलाई अन्तिम चरणमा पु¥याईएको बताईएको थियो ।

लेखनाथको तालचोकमा संचालन हुने महोत्सवले विशेष गरि औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलताका लागि शैक्षिक प्रदर्शनी र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने उदेश्य राखेको छ ।

त्यसैगरि महोत्सवले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि सफल बनाउन सहयोग पुर्याउने लक्ष्य राखेको छ ।

आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की साखाका सचिव रामप्रसाद तिमिल्सेनाले महोत्सवलाई सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवस्यक पर्ने सुझाव राख्दै लेखनाथ महोत्सवले विगतका वर्षमा जुन सफलता हात पार्दै आएको थियो यो वर्ष पनि तिनै अनुभवलाई प्रयोग गरि सफल महोत्सव हुने विश्वास ब्यक्त गरेका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन महिला परिचालन उप समितिकी संयोजक तथा संघकी कोषाध्यक्ष जानुका अधिकाारीले गरेकी थिईन ।

Related Articles

Close