समाचारसमाजस्थानीय

लेखनाथ जुनियर जेसिजद्धारा मास्क र सेनिटाइजर वितरण

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २० भदौ,
लेखनाथ जुनियर जेसिजले लेखनाथका विभिन्न स्थानहरुमा मास्क र सेनिटाइजर वितरण गरेको छ । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइसर रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्येले लेखनाथको डाँडानाक, शिशुवा, पचभैया र तालवेशीमा मास्क र सेनिटाइजर १ सय जना भन्दा बढी मानिसहरुलाई वितरण गरिएको लेखनाथ जुनियर जेसिजका अध्यक्ष सुजन तिमिल्सिनाले बताए ।

पोखरा, लेखनाथ आसपासका स्थानहरुमा पनि कोरोना समुुदायस्तरमा फैलिएको अवस्थालाई मध्येनजर गर्दै यसबाट बच्ने उपायहरुको वारेमा समेत उक्त स्थानहरुका मानिसहरुलाई सचेत समेत गराइएको लेखनाथ जुनियर जेसिजका ग्रामिण संयोजक सरोज रानाभाटले गाउँले मिडियालाई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close