अर्थ खबरमनोरञ्जनसमाचार

लेखनाथ जुनियर जेसिजको पानीपुरी र चटपट इभेन्ट सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २९ अषाढ ।
लेखनाथ जुनियर जेसिजले पानीपुरी र चटपट इभेन्ट सम्पन्न गरेको छ ।प्रत्येक वर्ष गरिंदै आएको पानीपुरी र चटपट इभेन्ट पोखराको लेकसाइडको फुटपाथमा शनिवार सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा फुटपाथमा हिंड्ने यात्रुहरुलाइ पानी पुरी र चटपट विक्री गरिएको थियो ।

ग्राहकले पानी पुरी र चटपट खाए वापत आफ्नो इच्छा अनुसार पैसा आयोजकलाइ दिएका थिए भने कार्यक्रममा २४ हजार रकम जम्मा भएको र सो रकमले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न छात्र छात्राहरुलाइ स्टेशनरी सामान वितरण गरिने कार्यक्रम संयोजक सुनिल रानाभाट र जय ओझाले जानकारी दिए ।

Related Articles

Close