समाचार

लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने

Spread the love

लेखनाथ, साउन २३ ।
लेखनाथ जेसीजले जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ। “परिवर्तनका लागि युवा” भन्ने प्रकरणका साथ जेसीज सप्ताहन्त कार्यक्रम यहि श्रावण २४ देखि श्रावण २६ गते सम्म गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास सँगै समाजमा सक्रिय नागरिकहरुको भुमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि लेखनाथ जेसीजले आफ्ना सदस्यहरुको विकास र सबल नेतृत्व प्रदान गर्नका लागी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जेसि सालिकराम ओझाले वताए ।
३ दिन सम्म हुने कार्यक्रम अन्तर्गत श्रावण २४ गते श्रीकृष्ण प्रणामी बाल तथा बृद्दाआश्रम सहेलेपाखामा जेसिज सप्ताहन्तको उद्घाटन एवं वृद्धवृद्धा सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ। दोश्रो दिन श्रावण २५ गते लेखनाथ पव्लिक एकेडेमीमा विद्यालयस्तरीय नेपाली हिज्जे प्रतियोगिता हुनेछ भने तेस्रो दिन श्रावण २६ गते शेयरवजार आधारभुत तालिम संगै सम्मान, पुरस्कार वितरण र समापन गरिने मुल संयोजक जेसि सन्तोष गुरुङले जानकारी दिए। जेसिज सप्ताहन्त कार्यक्रम लाई सफल र सभ्य बनाउन सवैको सहभागिता अपरिहार्य रहेको मुल संयोजक जेसि कमल गौतमले बताए। जेसि सालिकराम ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसि चिरञ्जीवी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव जेसि रोशन अधिकारीले गरेका थिए।

Related Articles

Close