समाचार

लेखनाथ जन्मजयन्तिमा वेगनासतालमा द्धिप प्रज्वलन गरिने

Spread the love

लेखनाथ, १३ पुष ।
कवि शिरोमणी लेखनाथ पौडेलको जन्म जयन्तिका अवसरमा पोखरा महानगरपालिका वडा नं.३१ वेगनासतालमा द्धिप प्रज्वलन गरिने भएको छ ।

विभिन्न सामाजिक क्षेत्रमा क्रियासिल रहँदै आएको वेगनास युवा क्लबको आयोजनामा लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीको पूर्व सन्ध्यामा पुस १४ गते शनिवार साँझ ५ वजे वेगनासताल वसपार्कमा द्धिप प्रज्वलन गरिने क्लबका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिंदै उक्त कार्यक्रममा उपस्थितिका लागि सबैमा आग्रह गेका छन् ।

Related Articles

Close