मनोरञ्जनसमाचार

लेखनाथ नेवाः मिसा पुचःका नयाँ कार्यसमितिलाई स्वागत

Spread the love

लेखनाथ, ५फागुन ।
लेखनाथ नेवाः मिसा पुचकाको अध्यक्षतामा कास्की जिल्ला नेवाः मिसा पुचःका नवनिर्वा्चित अध्यक्ष एवं कार्यसमिति परिवारलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरिएको छ । लेखनाथ नेवाः मिसा पुचःका अध्यक्ष सरु श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा सम्पुर्ण कार्यसमितिलाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिंदै जिल्ला मिसा पुचको कार्यबाट नै अरु सवै इकाईहरुले सिक्ने हुदां अझ बढि उर्जामय हुन आग्रह गरेका थिए ।
त्यसै गरि उक्त कार्यक्रमको अवसरमा अर्घौ नेवा मिसा पुचका अध्यक्ष मिना श्रेष्ठले जिल्ला नेवाः मिसा पुचःका कार्यसमितिलाई सम्मान गरेकी थिइन् । उक्त कार्यक्रममा जिल्ला नेवाः मिसा पुचका अध्यक्ष मेनुका श्रेष्ठले यस सम्मान कार्यक्रमले थप जिम्मेवारी बोध बनाएको बताउँदै आफ्नो कार्यकालमा सवै इकाईहरुलाई चलायमान बनाउने बताइन् ।
जिल्ला नेवा मिसा पुचका उपाध्यक्षद्धय संगिता बज्राचार्य र शान्ति प्रधानाङ, महासचिव रेबिका श्रेष्ठ, उपमहासचिव किरण बिजुक्छे लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धन्यवाद लेखनाथ नेवा मिसा पुचका उपाध्यक्ष मिना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संचालन महासचिव पवित्रा श्रेष्ठले गरेकी थिइन् ।

Related Articles

Check Also

Close
Close