समाचार

लेखनाथ पत्रकार मञ्चले मनायो स्थापना दिवस

Spread the love

लेखनाथ, १ पुष ।
वि स २०७३ मंसिर ३० गते स्थापना भएको लेखनाथ पत्रकार मञ्चले सोमवार आफनो चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर मञ्चले कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमा रहेको अघौं चोकमा सरसफाई र कविको प्रतिमामा माल्यार्पण गरेको हो । कार्यक्रममा प्रजातन्त्रका सेनानी ८५ वर्पीय हिरामणि सुवेदीले कविको सम्झनामा गरीने जुनसुकै कामले पनि कवि प्रतिको उच्च सम्मान र साहित्यीक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने विचार राखेका थिए ।

कार्यक्रममा अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष ईन्दिरा रोक्का, सचिव घनश्याम ढुगाना, सदस्य रोसनी घिमिरे, सविता बराल, सल्लाहकार कलाधर पाण्डे, लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, सल्लाहकार भरतप्रसाद तिवारी, सदस्य राजन परियार, सुमन जिसी र किसोर परियार लगाएतले सरसफाईमा सक्रियताका साथ सहयोग गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष भीमपाणि बरालको अध्यक्षतामा भएको थियो । यसै विच मञ्चले पुस १५ गते कवि शिरोमणीको १३६ औं जन्मजयन्तीका अवसर पारेर प्रदान गरिने लेखनाथ पत्रकारीता पुरस्कारको प्रतिभा छनोटका लागि पाँच सदस्यीय छनोट समिति गठन गरेको छ । जसमा पोखरा महानगरपालिकाका प्रतिनिधी, लेखनाथ उद्योग बाणिज्य संघका प्रतिनिधी, मञ्चका अध्यक्ष, सचिव र सल्लाहकार एक एक जना रहने भएका छन् ।

Related Articles

Close