मनोरञ्जनसमाचार

ल्होसार पर्व एकता प्रतिक ः मेयर जिसी

Spread the love

वेगनासताल, १५ पुष ।
पोखरा महानगरपालिकाका प्रमुख मान वाहादुर जिसीले तमुहरुले मनाउने पर्व ल्होसार एकताको प्रतिकको चाडको रुपमा लिनुपर्ने बताए । पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल मिलनसार तमुसमाजले निर्माण गरेको बुहउद्धेसिय भवनको उद्धघाटन कार्यक्रममा प्रमुख जिसीले उक्त कुरा व्यक्त गरे ।
वर्षभरी दुख गरी एक दिन सबै दुख पिडा विर्सेर हाँसी खुसी भएर मनाउने चाड ल्होसार भएको र कसैले पनि एक अर्का प्रति कुभावनाको विकास नगरी भोलीका दिनमा नेपालीको चाडलाई विकास र सम्बृद्धिसँग जोडदै चाड मनाउनुपर्नेमा उनले जोड दिए ।
एक फरक प्रसंगमा वेगनासताल वरिपरि बनेका संरचनाको मापदण्ड आफ्नै कार्यकालमा टुंग्याउने पनि उक्त अवसरमा जिसीले बताए । बेगनासतालको वाटो चार लेनको बाटो बनाउन जनवरीमा टेन्डर प्रकृया पूरा गरी विश्व बैंकको क्रणमा करिब ३५ देखि ४० करोडको लागतमा महानगरले उक्त कार्यलाई अगाडी बढाउने सोच बनाएको पनि बताए । बेगनासतालको सामाजिक, धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न महानगर तत्पर रहेको प्रमुख जिसीले प्रतिबद्धता समेत व्यक्त गरे ।
यसै गरी वडा नं.३१ वडा अध्यक्ष कमल बहादुर थापा, सदस्य विष्णु बहादुर भुजेल, पोखरा महानगरपालिका कानूनि अधिकृत राममणी अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ लगाएतले सबै जातजातिले आफ्नो धर्म संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्नुपर्नेमा जोड दिए । तमु समाजका अध्यक्ष जिवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत सचिव ईश्वर गुरुङले गरेका थिए भने कार्यक्रमको सन्चालन सुस्मा गुरुङले गरेकी थिइन् भने उक्त भवन महानगरको ५ लाख र विभिन्न सामाजिक संघ संस्था, व्यक्ति विशेष र समाजका सदस्यहरुको आर्थिक सहयोगमा जम्मा रु ३१ लाख ६२ हजार ६ सय मा सम्पन्न भएको समाजका कोषाध्यक्ष तिल बहादुरले जानकारी दिए ।

Related Articles

Close