अर्थ खबरसमाचार

एल आई सी नेपालको लेखनाथमा साखा

Spread the love

लेखनाथ, २फागुन ।
लाईफ ईन्सोरेन्सन कर्पोरेसन नेपाल लिमिटेड (एल आई सी )को लेखनाथ साखा कार्यालयको सुक्रवार एक विषेश कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
नेपाल अधिराज्य भर साखा सञ्जाल रहेको कम्पनीको ७१ औ साखाका रुपमा लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालयको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल पी दाँसले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत दाँसले जिवन बिमाको महत्व ग्रामिण तहसम्म पु¥याउन नसक्दा र जिवन बिमालाई अनिवार्य सर्त नमानिय पनि मानव जिवनका लागि जिवन बिमा अनिवार्य भएको विचार राखेका थिए
विमाको पौच उपल्लो तहमा पुगे पनि तल्लो तहसम्म विमाको पौच नपुगेकाले एल आई सी नेपालले सवै क्षेत्रमा आफनो सञ्जाल विस्तार गरि जनताको घरदैलोमा विमाको महत्व बुझाउने योजना ल्याएको धारणा राखेका थिए ।
सोही अवसरमा कम्पनीका साहायक कार्यकारी अधिकृत टि वरुवालले एल आई सी सँग भएको लायफ कोषले विमितलाई फाईदा पुगेकाले कम्पनी विमितको हितमा रहेर काम गरेको विचार राख्दै विमा क्षेत्रमा एल आइ सी सदैव पहिलो हुने र कुनै पनि अवस्थामा दोस्रो नहुने ठोकुवा गरेका थिए ।
सोही अवसरमा कम्पनीका आइटी प्रमुख संजिव अग्रवालले विमित र एजेण्टका लागि नयाँ नयाँ प्रविधी ल्याएर काम गर्ने र अव छिटै जुन सुकै साखाबाट पनि सवै सेवा प्रदान हुने गरि काम भएको विचार राखेका थिए भने एल आइ सी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुर र वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले जिवन विमा अनुसाशित बचत,लगानी,आर्थीक सुरक्षा र अपत विपतको सम्पती भएको विचार राखेका थिए ।
लेखनाथ साखाका साखा प्रमुख संञ्जिव खनालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पेशागत विमा अभिकर्ता संघ एल आई सी नेपाल पोखराका अध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ अभिकर्ता भीमपाणि बरालले गरेका थिए ।

Related Articles

Close