समाचारसमाजस्थानीय

जिवन मरणको दोसाधमा रहेका विरामीका लागि रगतको अन्य विकल्प छैनः सासंद अधिकारी

Spread the love

लेखनाथ, २ असोज ।

संघिय सासंद खगराज अधिकारीले जिवन मरणको दोसाधमा रहेका विरामीका लागि अन्य विकल्प नभई मानिस कै रगत चाहिने भएकाले रगतको विकल्पमा रगत नै भएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पाटी नेकपा पोखरा महानगरपालिका वडा नं ३० ले संविधान दिवसको अवासरमा सुक्रवार राखेको बृहत्त रत्तदान कार्यक्रमको सुभारम्भ गर्दै सासंद अधिकारीले मानिसलाई जिवित राख्नका लागि औषधीलाई विभिन्न कच्चा पदार्थको मिश्रणबाट तयार गर्न सकिन्छ तर जिवन मरणको दोसाधमा रहेका विरामीका लागि अन्य विकल्प नभई मानिस कै रगत चाहिने भएकाले रगतको विकल्पमा रगत नै भएको बताएका हुन् ।

देशको बदलिदो परिस्थीतिमा राणा शासन देखि पञ्चायती ब्यवस्थाको अन्त्ये,प्रजातन्त्र स्थापना र बर्तमान अवस्थाको गणतन्त्र ल्याउनका लागि हजारौ सहिदले रगतको बलिदान दिएको प्रशंग उठाउदै नेता अधिकारीले रगतको महत्व राज्य ब्यवस्था परिवर्तन देखि जिवन मरणको दोसाधमा रहेकाहरुका लागी अति आवस्यक रहेको विचार राखेका हुन् ।

सोही अवसरमा गण्डकी प्रदेश विकास समितिका संयोजक दिपक कोईरालाले रगतको अभावमा कोही पनि नेपालीले ज्यान गुमान नपरोस भन्दै सहिदको रगतकै बलिदानले गणतन्त्र स्थापन भई संविधान दिवस मनाउन पाईएको धारणा राखेका थिए भने नेकपा कास्की अध्यक्ष दिपक पौडेलले देश र जनताको हितका लागी सवै तहका पाटी कमिटीहरु परिचालन गरि सरकारले गरेका सकरात्मक कामको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं ३० को शिसुवाचोकमा राखिएको रत्तदानमा एक सय ५९ युनिट रगत संकलन भएको थियो ।

नेपाल कम्युनिष्ट पाटी नेकपा पोखरा महानगरपालिका वडा नं ३० का अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो रत्तदातका रुपमा सासंद अधिकारी नै रहनु भएको थियो । रत्तदान कार्यक्रमका संयोजक भुमण्डल ताम्राकारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन पाटी सचिव दयाराम तिवारीले गरेका थिए ।

Related Articles

Close