समाचार

लायन्स क्लब अफ लेखनाथ सिमसारको अध्यक्षमा खनाल

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ९ चैत्र ।लायन्स क्लब अफ लेखनाथ सिमसारको को वर्ष २०२०÷२१ का लागि भएको निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्वत रुपमा चयन भएको क्लवको अध्यक्षमा शान्ती खनाल,प्रथम उपाध्यक्षमा कल्पना गुरुङ, द्वितीय उपाध्यक्ष शिव गिरी, तृतीय उपाध्यक्षमा गिता बराल, सचिवमा कल्पना तिवारी, कोषाध्यक्षमा प्रभा पौडेल, प्रशासकमा इन्दिरा ओझा, सहसचिवमा चन्द्रा सुवेदी, सह कोषाध्यक्षमा इन्दिरा ढुंगाना रहेका छन् ।

यसैगरि समितिको सभिर्स चियर प्रसनमा सुजता अधिकारी, एल सि आइ एफ संयोजकमा तारा शर्मा ढकाल, मेम्बरसिप चियर पर्सनमा सरस्वती ढकाल रहेका छन् । यसै गरी निर्देशकहरुमा सन्जु सुवेदी, श्रीजना आत्रे , सरीता ओझा, ज्ञानु बराल, मिना मायाँ श्रेष्ट, अञ्जली लामिछाने, कृष्ण बराल रहेका छन् ।
कार्यक्रममा लायन्स क्लब ३२५ वी १ नेपालका रिजन चियर पर्सन बसुधा भट्टराईले लायन्स क्लव अफ लेखनाथ सिमसारले छोटो अवधिमा नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै सामाज सुधारका लागि उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गर्दै नयाँ कार्य समितिलाई बधाइ एवम् कार्य सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । क्लबका अध्यक्ष मायाँ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मेनका श्रेष्टले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
यसै गरी निर्वा्चित अध्यक्ष शान्ति खनालले आफ्नो कार्यकालमा क्लबका सबै सदस्यहरुलाई समेटेर अन्तराष्ट्रिय लायन्स क्लबको मूल मन्त्र हामी सेवा गर्छौं भन्ने भावनालाई आत्मसाथ गर्दै क्लबका सामाजिक तथा मानविय सेवाका कार्यहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

Related Articles

Check Also

Close
Close