समाचार

लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठकको तयारी तिब्र

Spread the love

पोखरा, १४ माघ ।
लायन्स क्लव्स अफ अन्र्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठकको तयारीलाई तिब्र पारिएको छ । बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा म्याग्दी सदरमुकम बेनीमा माघ २४ र २५ गते हुने भएको हो । डिस्ट्रीक्ट ३२५ बि १ नेपाल अन्तर्गतका करिब ४ सय क्लबहरुबाट तेस्रो क्याविनेट बैठकमा करिब १ हजार देखि पन्ध्र सय जनासम्मको सहभागिता रहने आयोजकले जनाएको छ ।
बैठकलाई सफल बनाउनको लागि मंगलवार बेनीमा अयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा अतिथिहरुको बसाईलाई सहज बनाउने, मौलिक आतिथ्यता प्रदान गर्ने र म्याग्दीको कला संस्कृति र पर्यटनलाई समेत प्रवद्र्धन हुने गरि सफल बनाउने गरिने तयारी थालिएको जानकारी गराईएको थियो ।कार्यक्रमका संयोजक सन्तोष रावलले बैठकलाई नेपाल भ्रमण बर्ष सन २०२० संग समेत जोडेर म्याग्दीको पर्यटन विकासलाई सघाउने लक्ष्य राखिएको बताए ।
उनले उद्घाटन सत्र अघि बेनीमा देशभरबाट आएका लायन्सकर्मीहरुको बृहत सहभागीतामा ¥याली निकालिने र उनीहरुको स्वागतको लागि बेनीमा रहेका विभिन्न जातजाति र संघ संस्था र समुदायलाइ आफ्नो मौलिक कला संस्कृति सहितको आतिथ्यता र स्वागत गर्न अनुरोध गरिएको बताए । बेनीको जिल्ला समन्वय समितिको सभाहल र खुलामञ्चमा दुई सत्रमा सञ्चालन गरिने बैठकमा यस डिस्ट्रीकमा आबद्ध लायन्स क्लबहरुले गरेका कार्यहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल र निर्णयहरु हुनेछन् ।
बैठकमा सहभागी हुनेहरुलाई बेनी संगै गलेश्वर, सिंगातातोपानी क्षेत्र, कुष्मा र बागलुङमा समेत होटलहरुको व्यवस्थापन गरि बसोबासको पर्वन्ध मिलाउने तयारी गरिएको क्लबका को चिफ एडभाईजर चन्द्र केसीले जानकारी दिए । उनले सो अवसरमा लायन्स क्लब मार्फत निर्माण भएको गलेश्वर मावि तोरीपानीको भवन उद्घाटन गरिने जानकारी समेत दिए । बैठकको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

Related Articles

Check Also

Close
Close