समाचार

लायन्सको स्कूलिङ कार्यक्रम शुरु

Spread the love

पोखरा, ११ जेठ ।
इन्टरनेशनल लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ को वर्ष २०१८÷१९का डिष्ट्रिक क्याविनेट अफिसरहरुको ३ दिने स्कूलिङ कार्यक्रम शुक्रबार देखि पोखराको ग्राण्ड होटलमा शुरु भयो ।
उद्घाटन समारोहमा पास्ट इन्टरनेशनल ड्राइरेक्टर एवम् स्पेसलिष्ट क्लब चियर पर्सन इन्जिनियर सन्जय खेतानले डिष्ट्रिक गभर्नरले प्रस्तुत गरेका सामाजिक कार्यहरुलाई आत्मसाथ गर्दै कार्यक्रममा सिकेकार कुराहरुलाइ आफ्नो क्लबमा, जोनमा , रिजनमा व्यवहारमा लागु गरी आगामी लायन वर्ष २०१८÷१९ लाइ सफल बनाउन आग्रह गर्दै नेपालमा लायन्स क्लबले गरेको योगदानको चर्चा गरे ।

यसै गरी मल्टिपल काउन्सिल चियर पर्सन बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक ३२५ वि १ अन्तर्गत रहेका क्लबहरुले उत्कृष्ट सामाजिक कार्यहरु गरेको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तै कार्य गरी डिष्ट्रिक ३२५ वि १ लाई विश्वको उत्कृष्ट डिष्ट्रिक बनाउन आग्रह गरे । निर्वाचि गभर्नर अशोक कुमार श्रेष्ठले स्वागत गर्दै आगामी वर्षमा गरिने कार्यहरुको चर्चा गर्दै समाजमा केही दिएर बाँचौ भन्ने मूख्य नारालाई आत्मसाथ गर्दै सहयोग गर्न आग्रह गरे । निर्वाचित प्रथम भाइस डिष्ट्रिक गभर्नर इन्दु लम्सालले धन्यवाद ज्ञापन गरेकी थिइन् । आगामी वर्षका सचिव राम बस्सेलले सन्चालन गरेको कार्यक्रममा सन्जय खेतान, वालकृष्ण बुर्लाकोटी, राम बस्सेल, सहजीकरण गरेका थिए भने डिष्ट्रिक गभर्नर धनराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Close