मनोरञ्जनसमाचार

लायन्सको पुरस्कार एवम् सम्मान कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २९ भदौ ।
लायन्स क्लब अन्तराष्ट्रिक डिष्ट्रिक ३२५ वि १ अन्तर्गत लायन वर्ष २०१८÷१९ का डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्टले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने क्याविनेका पदाधिकारीहरु, क्लबका पदाधिकारीहरुलाइ पुरस्कार तथा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लायन्स क्लबले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्दै मानिसले गरेको आफ्नो कर्मप्रति आत्म सन्तुष्टि गर्नुपर्ने बताए । जो व्यक्तिले आफूले आत्म सन्तुष्टि गर्न सक्दैन त्यसले अरुलाइ पनि सन्तुष्टि दिन नसक्ने बताए ।


यसै गरी कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद विन्दु कुमार थापा, एफ डब्लु सि मल्टिपल कोडीनेटर धु्रव थापा, पूर्व गभर्नर भुगोल सेरचन, चिफ एड्भाइजर धु्रव श्रेष्ट, को चिफ एडभाइजर मणिरत्न बज्रचार्य लगाएतले लायन वर्ष २०१८÷१९मा लायन्स क्लबहरुले दिएर बाँचौ भन्ने थिममा रहेर सम्पादन गरेका कार्यक्रमहरुको वारेमा चर्चा गरेका थिए भने चिफ पि आर ओ परमेश्वर बराल ले प्रमुख अतिथिको परिचय गराएका थिए ।

यसै गरी वर्ष २०१८÷१९ का गभर्नर अशोक कुमार श्रेष्टले आफ्नो कार्यकालमा आफूले ल्याएको थिम दिएर बाँचौ अन्तर्गत अपांगता हाम्रो आत्मिता, सेतो छडी वितरण, व्हिल चियर वितरण लगाएतका विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु गरी आफ्नो कार्यकाल सफल बनाउने सम्पूर्ण क्याविनेट अफिसरहरु, क्लब अफिसरहरु लगाएत सम्पूर्ण लायनहरुलाइ धन्यवाद दिएका थिए । श्रेष्टले आफूलाइ सहयोग गर्ने क्याविनेट अफिसरहरु, क्लबका अफीसरहरुलाइ विभिन्न विधामा पुरस्कृत गरेका थिए भने वर्ष २०१८÷१९ का डिष्ट्रिक सचिव राम बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Close