समाचार

लेखनाथको सामुदायीक अस्पतालमा महायज्ञ गरिने

Spread the love

लेखनाथ, २४ फागुन ।
वि स २०६० सालमा महायज्ञ गरेर निर्माण गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वा®ीण विकासमा सहयोग पु¥याउने उदेस्यले गर्न लागेको महायज्ञका लागि प्रारम्भीक समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ । ब्यवस्थीत अस्पताल संचालन तथा अक्षयकोष स्थापनाको सहयोगार्थ बैशाख १५ देखि २३ गते सम्म संचालन हुने श्रीमद् भागवत ज्ञान विज्ञान महाअनुष्ठानको मुल संयोजन अस्पतालले नै गर्ने गरि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलको संयोजकत्वमा एक सय पाँच सदस्यीय मुल आयोजक प्रारम्भीक समिति गठन गरिएको हो ।
महायज्ञ सहयोग समितिको सह संयोजकमा अस्पताका निवर्तमान अध्यक्ष मेजर रामप्रसाद गुरुङ,लायन्स क्लव लेखनाथका अध्यक्ष बद्धिप्रसाद वास्तोला,वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल र लायन्स क्लव ३२५ वी १ नेपालको तर्फबाट शैलेन्द्रमोहन भटराईलाई राखिएको छ भने उक्त समितिलाई आवस्यकता अनुसार थप घट गर्न सकिने बताईएको छ । यसैगरि प्रारम्भीक समितिको उप संयोजकमा दुर्गादत्त अधिकारी, ईन्द्र बहादुर थापा, बुद्धिमाया गुरुङ र राजेन्द्र ओझा रहेका छने भने महायज्ञको महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा लिलामणि त्रिपाठी,कृष्णप्रसाद ढुगाना र भरत प्रसाद तिवारीलाई चयन गरिएको छ । महायज्ञ संचालनको पुर्व तयारीका लागि सनिवार राखिएको विस्तारीत बैठकले स्वर्गीय नारायण प्रसाद पोखरेलको अग्रसरतामा १६ वर्ष पहिला लगाईएको महायज्ञको समिक्षा गर्दै स्वर्गीय पोखरेलको स्मृती दिवसको अवसर पारेर उनकै छोरा दिनबन्धु पोखरेल प्रमुख बाचक रहेने गरि महायज्ञ गर्ने निर्णय गरेको हो । स्व. पोखरेलको २०६१ साल वैशाख २३ गते हत्या भएको दिनलाई स्मरण गर्दै सोही दिन स्मृती दिवस सहित महायज्ञ समापन गर्ने गरि कार्यतालिका बनाएर तयारीलाई अगाडी वढाउने भएको छ ।
स्वर्गीय पोखरेलको अग्रसरतामा महायज्ञ गरि मुठी दान देखि सर्वस्व दान समेत गरेर करिव दुई करोड संकलन गरि अस्पतालको भौतीक संरचना देखि अन्य पुर्वाधार निर्माण गरिसकिएको तर दिर्घकालीन रुपमा अस्पताल संचालनमा आर्थीकका कारण असहज स्थीति आएकाले पुन महायज्ञ गर्न लागिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा वाचन प्रविण शिरोमणि दिनवन्धु पोखरेलले स्वर्गीय बुवाको संमरण गर्दै वुवाले थालनी गरेको पुण्य काममा आफनो तर्फबाट सक्दो सहयोग गरि पैसा कै अभावमा उपचार नपाएर कोही पनि नेपालीले ज्यान गुमान नपरोस भन्ने हेतुले अस्पतालमा विशषज्ञ सेवा सहित ब्यवस्थीत अस्पातल संचालनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button