मनोरञ्जनसमाचार

लायन्सको चौथो क्याविनेट बैठकको तयारी अन्तिम चरणमा

Spread the love

लायन्सको चौथो क्याविनेट बैठकको तयारी अन्तिम चरणमा
लेखनाथ, ५ असार ।
लायन्स क्लब अन्तराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ बी१, नेपालको “चौथो क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा रहेको बताइएको छ । पोखरा २७ लेखनाथ तालचोक शुभम पाटप्ए प्यालेसमा हुने चौथो क्याविनेटको वारेमा पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक मधुसुधन कोइरालाले जानकारी दिए । यही असार ७ गते शनिबार हुने कार्यक्रममा २५ जनाको मुल आयोजक समिति, २४ वटा उपसमिति, १४ जना वरिष्ट सल्लाहकार , २१ ज्ना रहेको सल्लाहकार समेत गठन गरी तयारीलाइ तिब्रता दिइएको कोइरालाले सो अवसमा बताए ।
लायन्स क्बल अफ लेखनाथ सेभेन लेक सिटीको व्यवस्थापनमा हुने कार्यक्रममा १६ जिल्लाबाट १८ सय भन्दा बढी लायन्स हरुको सहभागिता रहने आयोजको दाबी रहेको छ । कार्यक्रममा करिब २० लाख आम्दानी हुने आयोजकको अपेक्षा रहेको छ भने करिब १८ लाख खर्च हुने अनुमान गरिएको छ । बाँकी २ लाख बचत रकम लेखनाथ क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रममा खर्च गरिने कोइरालाले बताए । आन्तकि पर्यटन प्रबद्धन, भाइचारा अभिबृद्धि तथा महत्वपूर्ण कार्ययोजना पारित गर्ने उद्धेश्ये रहेको बैठकमा विभिन्न सामाजिक सन्जाल , इमेल, भाइबर बाट समेत आमन्त्रणा गरिको र अहिले सम्म ५ सय ३४ जना लायन्सहरुले अग्रिम दर्ता गरिसकेको क्लबका अध्यक्ष गणेश प्रसाद ढुंगानाले बताए ।

Related Articles

Check Also

Close
Close