समाचार

लिटल फ्लावरको २७ औं बार्षिकोत्सव सम्पन्न

Spread the love

लेखनाथ, १४ फागुन ।
पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले बुधवार बिबिध कार्यक्रमका साथ आफनो २७ औं बार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले शिक्षक,अभिभाव र विद्यार्थीको त्रिपक्ष सम्वन्धबाट गुणस्थरीय शिक्षाको माध्यमबाट ब्यवहारीक र प्रयोगात्मक शिक्षालाई अगाडी वढाउनु पर्ने सुझाव दिएका थिए ।

विविध सास्कृती कार्यक्रम र गत शौक्षीक सत्रका विभिन्न विधामा उत्कृष्ठ स्थान हासिल गर्न सफल तथा अन्य अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा बिद्यालयका निर्देशक कमल खड्काले धन्यवाद सहित भावी योजना र प्रिन्सिपल विष्णु पौडेलले प्रगती विवरण प्रस्तुत गरेका थिए ।

सोही अवसरमा नेशनल प्याब्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारी,नेशनल प्याब्सान गण्डकी प्रदेशका सदस्य प्रकाशराज वाग्ले, विद्यालयका सल्लाहकार लेप्टन धन बहादुर गुरुङ र राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख बासुदेव पौडेल लगाएतले असल शिक्षाको माध्यमबाट दक्ष्य जनशक्ति निर्माणमा सामुदायिक विद्यालय सहयोगी शिद्ध भएको बिचार राखेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विज्ञान शिक्षक योगराज कडेल र शौक्षीक प्रदशनि तर्फ गाडी वनाउन सफल विद्यार्थी रुपेश बहादुर खड्कालाई सम्मान गरिएको थियो ।

विद्यालयकी सस्थापक दवी खड्का र विद्यार्थी सन्ध्या अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन शिक्षक योगराज कडेल,शिक्षीका लक्ष्मी घिमिरे र बिद्यार्थी रुपेश बहादुर खड्काले गरेका थिए ।

Related Articles

Close