समाचार

लिटल फ्लावरमा जुनियर रेडक्रस सर्कल

Spread the love

लेखनाथ, ५ जेठ ।
विष्णुहरि पौडेल
पोखरा लेखनाथ–२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यार्थीको भेलाले शुक्रवार जुनियर रेडक्रस सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित सर्कलको अध्यक्षमा उर्मिला कुमाल चयन भएकी छन् । सर्कलको उपाध्यक्षमा रोशनी गुरुङ, सचिवमा सन्धया अधिकारी, सह सचिवमा लुजा गुरुङ , कोषाध्यक्ष क्षेसाङ्ग तामाङ रहेका छन् । यस्तै सदस्यहरुमा खिममाया पुन,सचिन अधिकारी,अलका तामाङ्ग,तमन्ना थापा,सुप्रेन जोशी लगाएत रहेका छन । विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल संरक्षक तथा शिक्षक राम प्रसाद अधिकारी शिक्षक नायक र शुशिल सुनार शिक्षक सह नायकमा चयन भएका छन् ।

कार्यक्रममा रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएको भन्दै निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै निर्देशक कमल खड्काले रेडक्रसका सिद्धान्तको बारेमा स्पष्ट पारेका थिए । विद्यालय संस्थापक देवी खड्काले पुनर्गठित सर्कलका पदाधिकारीलाइ शुभकामना दिएकी थिइन्। विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेलले पुनर्गठित सर्कलका पदाधिकारीलाइ सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक श्याम खनालले गरेका थिए ।

Related Articles

Close