समाचार

लिटल फ्लावरमा नवागन्तुक विद्यार्थीलाई स्वागत

Spread the love

लिटल फ्लावरमा नवागन्तुक विद्यार्थीलाई स्वागत
पोखरा ,२० वैशाख । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा एक कार्यक्रमका बीच नवागन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना प्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
विद्यालयको शैक्षिक सत्र २०७६को कार्यपात्रो अन्तर्गत गरिएको कार्यक्रममा विद्यालयका डाइरेक्टर कमल खड्काले उज्वल भविष्यको कामना गर्दै अनुशासनमा रहन सवैलाई निर्देशन समेत दिए ।
यस शैक्षिक सत्रमा आएका १०० बढी नवागन्तुक विद्यार्थीलाई स्वागत गर्दैै विद्यालय संस्थापक देवी खड्काले सवैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने वताइन् ।
यसै गरी प्रिन्सिपल विष्णुहरि पौडेलले विद्यार्थी, अभिभावक र समयको आवश्यकता अनुरुपका कार्यक्रम ल्याइने वताउदैै विद्यालय र गुरुहरुको सधैं विद्यार्थीहरुप्रति सद्भाव रहने वताए ।
शिक्षकशिक्षिकाहरु तथा कक्षा नर्सरीदेखि १०सम्मका विद्यार्थीहरुको सहभागिता रहेका ेकार्यक्रममा नृत्यहरु समेत प्रदर्शन गरिएका थियो ।
कक्षा १० की सन्ध्या अधिकारीले मन्तव्य राखेको उक्त कार्यक्रममा उक्त कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण आचार्यले गरेका थिए ।

Related Articles

Check Also

Close
Close