समाचार

लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा : सरकारको निचोड

Spread the love

बैशाख १३, २०७७ काठमाडौं : सरकारले जारी लकडाउनकै कारण कोरोना भाइरसले महामारीको रुप लिन नपाएको निचोड निकालेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निचोड निकालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीका अनुसार लक डाउनको प्रभावकै कारण कोरोना रोकथाम तथा नियन्त्रण सही ट्र्याकमा रहेको निष्कर्श बैठकले निकालेको छ। ‘लकडाउनकै कारण अहिलेसम्म कोरोना नियन्त्रण अभियान सही ट्र्याकमा छ’, उनले भने, ‘सरकारका सबै प्रयास प्रभावकारी भएका छन्।

हाम्रा प्रयास सफल भएको निचोड बैठकले निकालेको छ।’ ‘अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएको छ। लकडाउनकै कारण कोरोना नियन्त्रणमा रहेको समितिले ठहर गरेको छ’, उनले भने, ‘लकडाउनको समय थप्‍ने वा खुकुलो बनाउनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।’ बिडारीका अनुसार प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ।

लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको सचिव बिडारीले बताए। सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए। स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पुर्‍याउन सकिने अवस्थामा सरकार रहेको उनले बताए।

Related Articles

Back to top button