समाचार

वडा नं. २८ मा लग डाउनलाई कडाई गरिने

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ५ बैशाख ।
पोखरा महानगरपालिका वडा नंं.२८ मा लक डाउनलाई अझ कडाई गरिने भएको छ ।
वडा अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहितको उपस्थितिमा समिक्षात्मक बैठकले कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रका लागि रणनीति अख्तियार गर्न र अघिल्लो चरणमा राहत दिन छुट भएकालाई शीघ्र राहत माग गर्ने निर्णय समेत भएको वडा अध्यक्ष निर्मल नियालीले बताए ।
वडा प्रवेश मार्गहरुमा कडाइ गरी अन्य वडा र बजारतिरबाट आउनेलाई निषेध गर्ने निर्णय कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिएको अध्यक्ष दियालीले बताए । सम्बन्धित स्थानका सामाजिक अभियान्ता , स्थानीय राजनीतिक पार्टीहरु, युवा क्लब, स्थानीय बुद्धिजीवी, टोली विकास संस्था, आमा समूह, सामुदायिक सेवा केन्द्र लगायतसँग समन्वय गरी लक डाउनलाई अझै प्रभावकारी बनाइने पनि उनले बताए ।
यसै गरी प्रथम चरणको राहत वितरणमा छुटेका १३० जनाको नामावली महानगरमा पेश गरि सकिएको र दोस्रो चरणको राहतका लागि पहल गर्ने बैठकले निर्णय समेत गरेको दियालीले जानकारी दिए । यसै गरी वडामा सिकिस्तै भएका विरामीहरुको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था गरी अस्पताल पठाउने कार्य समेत वडाबाट भइरहेको उनले बताए ।
यसै विच वडा नं. २८ मा रहेका अत्यावश्यक सामानका पसलहरु (खाद्यान्न तरकारी फलफूल दुध औषधि लगायतका पसलहरु) विहान ७ वजे देखि १० वजेसम्म र बेलुका ४ वजे देखि ७ बजे सम्म मात्र खोली सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा बेचविखन र किनमेल गरी लक डाउनलाई पूर्ण रुपमा पालना गर्न स्थानिय सरोकारवालाहरु सबैमा अध्यक्ष दियालीले आग्रह गरेका छन् ।

Related Articles

Close