समाचार

लकडाउनको तेस्रो दिन पनि पोखरा तथा लेखनाथ सुनसान

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, १३ चैत्र ।
लकडाउनको तेस्रो दिन आज पनि पोखरा तथा लेखनाथ काठमाडौं सहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।
सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण पोखरा तथा लेखनाथका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।
लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । लेखनाथ क्षेत्रमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गर्दै यदी आफ्नो घर छिमेकमा कोही विदेशबाट आएका छन भने पनि वडा कार्यलयमा सम्पर्क गरी क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिइ ६ महिना सम्म कैद सँजाय हुने छ ।
शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर आँगनमै सीमित छन् ।
यसै विच हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाक का डिएसपी अर्जुन रानाभाटले स्वास्थ्य सम्बन्धी, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

Related Articles

Back to top button