मनोरञ्जनसमाचारसमाजस्थानीय

लोक सास्कृतीक संरक्षण समितिको शिदेश्वर भजन संग्रह सार्वजनिक

Spread the love

लेखनाथ, ३ बैशाख । लोक सास्कृतीक संरक्षण समिति पोखरा–२६ र उज्ज्वल आमा समुहले संयुक्त रुपमा निर्माण गरेको जन श्री शिदेश्वर भजन संग्रहको एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा राखिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले अडियो भिडियो सहितको भजन संग्रहको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री अधिकारीले हाम्रो सस्कृती,धर्म र परम्परा देखि चल्दै आएको परम्परालाई छोड्न नहुने धारणा राख्नु भएको थियो ।

लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्णु बराल,उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती वराल,संरक्षण समितिका सल्लाहकार मुरारी वराल,समितिका निर्वतमान अध्यक्ष भोजराज बराल,वडा महिला समन्वय समितिकी संयोजक लक्ष्मी रानाभाट लगाएतले जेष्ठ नागरिकको अनुभवलाई आत्मसाथ गरेर अगाडी वढनु पर्ने सुझाव राख्नु भएका थिए ।

सस्थाका सचिव निलकण्ठ बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सस्थाकी कोषाध्यक्ष शारदा वरालले गर्नु भएको थियो ।

Related Articles

Back to top button