अर्थ खबरसमाचार

व्यापार घाटा कम गर्ने मुख्य आधार घरेलु उद्योग

Spread the love

काठमाडौं, भदौ २५ ।
मुलुकले व्यहोर्दै आएको व्यापार घाटालाई कम गर्ने मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र राजदूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका हुन् । आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको प्रवद्र्घन सघाउने प्रतिवद्घता उनीहरुले व्यक्त गरेका हुन् ।
कतारका लागि नेपाली राजदूत नारद भारद्घाजले कतारमा अन्य मुलकको तुलनामा नेपाली पहिचान बोकेका वस्तुको मूल्य र महत्व उच्च रहेको भन्दै घरेलु उद्योगलाई प्रतिष्पर्धी बनाउन आग्रह गरे । लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाएर महत्वपूर्ण क्षेत्र पहिचान गर्न आग्रह गरे । ग्वाङझाउका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीले आफनो काम नै निर्यात व्यापारमा सघाउने भएको भन्दै परम्परागत नेपाली पहिचान बोकेका घरेलु उद्योगका उत्पादनको बजारीकरणका लागि लागिपर्ने बताए । आयात गरिएका कच्चा पदार्थ भन्दा पनि स्थानीय कच्चा पदार्थमा आधारीत उत्पादनमा ध्यान दिन आग्रह गर्दै उनले उत्पादनको गुणस्तरसँगै उत्पादकत्व बढाउन पनि आग्रह गरे । झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको उनको भनाई थियो । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त राजदूत र महावाणिज्यदूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।
मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उनले जोड दिए । यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।

Related Articles

Close