समाचार

पितृउध्दार तथा धार्मिक पर्यटनको विकास महायज्ञको मूख्य उद्धेश्यः अधिकारी

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ४ मंसिर ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा मंसिर २२देखि२९सम्म बेगनासतल किनारमा पितृउध्दार कार्य का लागि श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ गरिने भएको छ । आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मरमत सुधार , नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास , सनातन धर्म सस्कृतिको जगेर्ना गर्ने र बेगनासतालमा विभिन्न काल खण्डमा डुंगा दुर्घटना समेतमा परी दिवंगत भएका जनहरुको उद्धार समेत उद्धेश्य राखी विराट ज्ञानमहायज्ञ गर्न लागिएको पत्रकार सम्मेलनमा भागवत विराट ज्ञानमहायज्ञ मुल समारोह समितिका महानसचिव धुवनाथ अधिकारीले जानकारी दिए ।

महायज्ञ सन्चालनका लागि पूर्व जिल्ला न्यायधिस डिल्लिरमण तिवारीको अध्यक्षतामा १००८ सदस्यीय महयायज्ञ मूल समिति , १५ सदस्यीय कार्य सम्पादन समिति र प्रचार प्रसार समिति लगाएत ४७ वटा उपसमितिहरु गठन गरि तयारीलाइ तिब्रता दिइएको अधिकारीेले बताए । महायज्ञमा ५ करोड संकलन हुने र खर्च २० लाख हुने अयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाका वारेमा स्पष्ट पार्दै भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले महायज्ञ सन्चालन गर्नुका मूख्य उद्धेश्येका वारेमा थप स्पष्ट पारेका थिए । महायज्ञ समग्र लेखनाथको समृद्धिको लागि गरिने भएकाले सबैले आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दै महयज्ञलाइ सफल पार्न सञ्चारकर्मी पत्रकारहरुलाइ आग्रह गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार माहासंघका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, पण्डित परिचालन उपसमितिका संयोजक भोलामणी गौतम, मातृशक्ति परिचालन उपसमितिका संयोजक शान्ति खनाल, प्रचार प्रसार समितिका संयोजक मोती गिरी लगाएतले महायज्ञ सम्बन्धि धारणा राखेका थिए । कोषाध्यक्ष गंगाराम सुवेदीले आर्थिक गतिविधि सम्बन्धि आचार संहिताका वारेमा चर्चा गरेका थिए । सञ्चार संयोजक भरत प्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव कृष्ण प्रसाद ढुंगानाले गरेका थिए भने कार्यक्रम मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Close