समाचार

वेगनासतालमा भदौ १ गते माहाआरती गरिने

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, साउन २५ ।
पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल मन्दरे पार्कमा आगामी भदौ १ गते साँझ ६ बजे माहआरती गरिने भएको छ । पोखरा महानगरापालिका शाकाहारी समाजले आयोजना गरेको वृहत भेलाले भदौ १ गते देखि प्रत्येक महिनाको १ गते साँझ ६ बजे मन्दरे पार्कमा महाआरती गर्ने निर्णय गरेको हो । यस अघि भेलामा वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापाले शाकाहारी समाजले माहाआरती जस्तो पवित्र कार्य गर्न समन्वय गरेको खुशी व्यक्त गर्दै वडाबाट गर्नुपर्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाले प्राथमिकताको आधारमा विकास निर्माणका कार्यलाइ तिव्रता दिइएको सो अवसरमा अध्यक्ष थापाले जानकारी दिए ।
यसै गरी वडा नं३२ का वडा अध्यक्ष अकल बहादुर कार्कीले वडा नं.३१ को विकास समग्र लेखनाथ वासीको विकास हुने भन्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अम्मर सिद्ध नमूना मावि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेलले मानवलाइ अध्यात्मिकवादले नै आनन्द दिने भन्दै आफ्नो व्यक्तिगत तर्फबाट एक दिनमा गरिने महाआरतीलाइ आर्थिक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे शाकाहारी समाजका अध्यक्ष राममणी अधिकारीले पोखरा महानगरपालिका पूर्वि भेगमा रहेको वेगनासताल र रुपातालको क्षेत्रमा धार्मिक तथा संस्कृतिको उन्वयनका लागि आयोजना गरिने कार्यक्रमको मूख्य उद्धेश्ये रहेको प्रस्ट पारे।
भेलामा वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, संस्थाका कोषाअध्यक्ष दुर्गा न्यौपाने लगाएतका विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले नियमित रुपमा महाआरती गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धाता व्यक्त गरेका थिए । संमाजका अध्यक्ष राममणी अधिकारीको अध्यक्षतामा भएको भेलामा समाजका सचिव मिलन तिवारीले स्वागत गरेका थिए भने समाजका सदस्य कृष्ण ढुंगानाले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close